सोमबार, चैत १३, २०७९

पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

फ्ल्यासन्युज नेपाल२०७७ चैत १५ गते १०:२५

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ सहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताए ।

भोलि र पर्सी पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखा जनाएको छ ।

तपाइँको प्रतिक्रिया