शुक्रबार, जेठ २६, २०८०

मेलम्चीको पानी आजदेखि काठमाडौंवासीको घरघरमा

फ्ल्यासन्युज नेपाल२०७७ चैत १५ गते १०:०४

काठमाडौं । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो ।

तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाउन लागिएको हो । पहिलो दिन चार करोड लिटर पानी पुरानो वितरण प्रणालीमार्फत उपभोक्ताको घरघरमा पठाइने छ ।

केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्ने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ गर्ने योजना छ । हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, ट्याङ्की परीक्षणका लागि पानी वितरण गरिएको हो ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानी माग रहेकोमा ३१ करोड लिटर अपुुग छ । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्राउने लक्ष्य छ । यो आयोजनाको अहिलेसम्मको ३१ अर्ब ३६ करोड रुपियाँ खर्च भएको छ ।

काठमाडौं। रङहरुको पर्व फागु आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको थियो ।

रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । तराइका जिल्लाहरुमा भने भोलि अर्थात सोमबार विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

कोरोना संक्रमणका कारण यो वर्षको फागू पनि फिक्का हुने देखिन्छ । सरकारले कोरोनाको जोखिम कायमै रहेकाले फागू घरभित्रै मनाउन आग्रह गरिसकेको छ ।

 

तपाइँको प्रतिक्रिया