ओली सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता हुन्छ- प्रचण्ड
फ्ल्यासन्युज नेपाल२०७७ चैत १४ गते २१:२७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आन्दोलनका सहयात्री दलकै सहमतिमा सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको दाबी पनि गरे ।
बृहत नागरिक आन्दोलनले प्रज्ञा प्रतिष्ठानमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता समीकरण बनाउन छलफल भइरहेको पनि बताए ।
उनले सदनबाटै राजनीतिक समस्याको समाधान खोज्ने प्रयास भइरहेको भन्दै सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने प्रष्टिकरण पनि दिए ।
पछिल्लो राजनीतिक घटनाक्रम र सेटिङले आफू र आफ्नो दलमाथि अन्याय भएको भन्दै उहाँले यसबारे बोलिदिन नागरिक समाजलाई आग्रह पनि गरे ।