जोशीको निधनप्रति कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने
फ्ल्यासन्युज नेपाल२०७७ चैत १४ गते २१:०७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले दिवंगत नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै ३ दिन चैत १५ गतेदेखि १७ गतेसम्म देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले १७ गते एक दिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राखिने भएको छ ।