बिहीबार, मंसिर १४, २०८०

ओलीले बोलाएको बैठकमा जाने नेपाल खनाल समूहको निर्णय

फ्ल्यासन्युज नेपाल२०७७ चैत १३ गते १५:०२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल–खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने निर्णय गरेको छ ।

यस अघि नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कुनै पनि बैठकमा नजाने निर्णय गरेका नेपाल खनाल समूहले पार्टी भित्रै बसेर संघर्ष गर्ने र संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

उपलब्ध केन्द्रीय सदस्यको बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

संसदीय दलको बैठकमा जाने, पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने बैठकले निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया