मंगलबार, मंसिर २०, २०७९

सूदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ- मन्त्री भट्ट

फ्ल्यासन्युज नेपाल२०७७ चैत १३ गते १४:११

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् ओली समूहका सूदुरपचिम प्रदेश कमिटीका इन्जार्च लेखराज भट्टले सूदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

मन्त्री भट्टले पार्टीमा छलफल गरेपछि अब एउटा निष्कर्षमा पुग्ने बताए । यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ यसलाई परिवर्तन गुर्नुपर्छ भन्ने राय आम जनताको छ,उनले भने । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्दको सरकार रहेको छ ।

तपाइँको प्रतिक्रिया