व्यवसायिक आचरणमा प्रश्न उठेपछि सिन्धुलीका एसपी हेडक्वाटर तानिए
फ्ल्यासन्युज नेपाल२०७७ चैत १३ गते १३:४८
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सरुवा भएको दुई महिनामै सिन्धुलीका प्रहरी प्रमुख ९एसपी० आभुषण तिमिल्सेनालाई हेडक्वाटर तानिएको छ। सिन्धुलीको नयाँ प्रमुखका रुपमा गोविन्द अधिकारीलाई पठाइएको छ।
प्रहरी प्रधान कार्यालयले गत पुष २३ गते सिन्धु्ली, पर्सा लगायत विभिन्न जिल्लाहरुमा नयाँ प्रहरी प्रमुख पठाएको थियो। तिम्सिनाको व्यवसायिक आचरणमा प्रश्न उठेपछि बिहीबार प्रहरी महानिरीक्षक शैलेश थापाले एसपी तिम्सिनालाई हेडक्वाटर तानेका हुन्।