शुक्रबार, जेठ २६, २०८०

विश्वकप छनोटमा इंग्ल्याण्डको शानदार जित

फ्ल्यासन्युज नेपाल२०७७ चैत १३ गते ९:४९

काठमाडौं । विश्वकप छनोटको युरोपेली क्षेत्रको खेलमा इंग्ल्याणले शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा इंग्ल्याण्डले सान मारियोलाई ५–० ले हराएको हो । छनोट चरणको पहिलो खेलमा शानदार जितसहित इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

गएराति नै भएको खेलमा स्पेनलाई ग्रिसले बराबरीमा रोक्यो । स्पेनका लागि खेलको ३३ औं मिनेटमा मोराटाले गोल गरे । खेलको ५६ औं मिनेटमा ग्रिसले पेनाल्टी पायो ।

जसमा बाकसेट्सले गोल गरे । त्यसपछि दुबै टोलीले गप गोल गर्न सकेनन् । सन् २०१० को विश्व विजेता स्पेन छनोट चरणको पहिलो खेलमा नै सन् २००८ को युरोकप विजेता ग्रिससँग बराबरीमा रोकिन पुग्यो ।

तपाइँको प्रतिक्रिया