शनिबार, असोज १५, २०७९

कोरोना जोखिम न्यूनिकरण गर्न सीसीएमसीलाई ८ बुँदे सुझाव

फ्ल्यासन्युज नेपाल२०७७ चैत १२ गते २०:३१

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ ।

पछिल्लो समय मुलुकभर कोरोना भाइरस बढ्दै गएपछि सरकारले निगरानी बढाउने लगायतका विशेष सावधानी अपनाउन अपिल गरेसँगै सीसीएमसीले सरकारलाई ८ बुँदे सुझाव दिएको हो ।

सीसीएमसीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने लगायतका सुझाव दिएको छ ।
हेर्नुहोस विज्ञप्ति

तपाइँको प्रतिक्रिया