बिहीबार, मंसिर १५, २०७९

प्रहरी अनुसन्धान- भागरथीको भजाइनल स्वाबको डिएनए आरोपिसँग म्याच

फ्ल्यासन्युज नेपाल२०७७ चैत १२ गते १९:०९

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणका आरोपितको भजाइनल स्वाबको डिएनए परीक्षण रिपोर्ट आएको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको जानकारी दिदै घटनाका आरोपि १६ वर्षीय दिनेश भट्टको डिएनएसँग म्याच भएको बताएका छन् । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

भागरथीको हत्यामा संलग्न भन्दै प्रहरीले ४ फागुनमा उनकै भाइ नाता पर्ने किशोर दिनेश भट्ट लाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो। उनलाई दीपायलको सुधार गृहमा राखिएको छ।

तपाइँको प्रतिक्रिया