शनिबार, असोज १५, २०७९

स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई कार्बाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७७ चैत ११ गते २०:५७

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण बढ्दै गएकाले अनिवार्य रुपमा स्वास्थ्य सामग्रीको प्रयोग गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न उल्लेख गरेको छ । ुसार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ, विज्ञप्ति भनिएको छ ।

साथै होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन समेत आग्रह गरेको छ । कोरोना संक्रमण बढ्दो भएकाले सर्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न र सामजिक,सांस्कृतिक मर्यादा अनुसार खेल्न र सर्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिएको छ ।

तपाइँको प्रतिक्रिया