मंगलबार, मंसिर २०, २०७९

ओली सत्ता र कुर्सी जोगाउन तल्लीन छन्, देशभक्त्त नेपाली सजग हौं- नेता रावल

फ्ल्यासन्युज नेपाल२०७७ चैत ११ गते १०:४५

काठमाडौं । नेकपा एमाले माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउनका लागि मुलुकको हित विपरित काम गर्न लागेको आरोप लगाएका छन् ।

नेता रावलले ट्विट गर्दै प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउनका लागि मुलुकलाई असर पार्ने खालका शक्तिहरुसँग लागि परेका आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअ‍ौं भन्दै ट्विटमा उल्लेख गरेका छन् । नेता रावल प्रधानमन्त्री ओलीको खरो विरोधमा उत्रदै आएका नेता हुन् ।

तपाइँको प्रतिक्रिया