बुधबार, मंसिर १३, २०८०

सर्वाेच्चको फैसला विरुद्ध माओवादी केन्द्र न्यायायिक पूर्नरावलोकनमा जाने

फ्ल्यासन्युज नेपाल२०७७ चैत १० गते १४:०५

काठमाडौं। नेकपा खारेज फैसला विरुद्ध नेकपा माओवादी केन्द्र न्यायायिक पूर्नरावलोकनमा जाने भएको छ । माआृवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठक र कानून व्यवसायीबीचको छलफलले न्यायिक पूर्नरावलोकनमा जाने निर्णय गरेको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको नेकपा बारेमा नाम जुधेकाले पार्टी खारेज गरेको थियो । कानुन व्यवसायीले सर्वोच्चले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्रले उक्त निर्णयमा पुगेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीसँग छलफल गरेका थिए । नेताहरुले पुनरावलोकनबारे परामर्श लिएका थिए। माओवादी केन्द्र अब छिट्टै फैसला पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने भएको हो।

तपाइँको प्रतिक्रिया