बिहीबार, असोज २०, २०७९

भीड नियन्त्रण गर्न कैलालीमा गोली चल्यो,दुई जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ चैत १० गते १३:३२

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा बसको ठक्करबाट एक जना महिलाको ज्यान गएपछि स्थानीयले राजमार्ग अवरोध गर्दै विरोध जनाइरहेका छन् । उचित क्षतीपूर्ती सहित राजमार्ग अवरोध गरेका स्थानीयको विरोध प्रदर्शन नियन्त्रण गर्नका लागि प्रहरीले गोली प्रहार गरेको छ ।

आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् । घाइतेमा लम्कीचुहा नगरपालिका १ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेको प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए ।

तपाइँको प्रतिक्रिया