कांग्रेस विपक्षी पार्टी हो विपक्षीमै रहन्छ- देउवा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस सरकारमा नजाने कुरा दोहार्यएका छन् । उनले कांग्रेस प्रतिपक्षका भूमिकामा रहने समेत बताएका छन् ।
मंगलबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् ।
कांग्रेसमा पौडेल समूहले कांग्रेस सरकारमा जानु पर्ने भन्दै दवाव दिइरहेका बेला सभापति दृउवाले विपक्षीको सरकारमा कांग्रेस नजाने ठोकुवा गरेका हुन् ।देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’
कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’