कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ चैत १० गते १०:५१
कैलाली । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका एक लम्की चौराहामा बिहान बसले ठक्कर दिदा २३ वर्षीया कमला देबकोटाको मृत्यु भएको हो ।
धनगढीबाट टीकापुर जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णाली रिभर यातायातको बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका एक थपालीपुर बस्ने देबकोटाको मृत्यु छ ।
बसको ठक्करबाट कमला देबकोटाका ३ वर्षीय छोरा समेत घाइते भएका छन् । घाइते बालकको अहिले उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा लिएको छ । बस चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले पुर्वपश्चिम राजमार्ग संगै लम्की बजार समेत बन्द गरेका छन् । चौराहामा राखिएको प्रहरी बिट लगायतका स्थानमा आगजनी समेत गरेका छन् ।