शुक्रबार, असोज २१, २०७९

किसानलाई नोक्सान नहुने गरी विदेशी लगानी भित्राउनु पर्नेमा कृषिमन्त्रीको जोड

फ्ल्यासन्युज नेपाल२०७७ चैत ९ गते १५:०५

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएका छन् ।

खाद्यका लागि कृषि अभियानले गरेको कार्यक्रममा मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी ल्याउनु पर्ने बताए ।

मन्त्री अर्यालले कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवाका लागि कृषि क्षेत्रमा नै रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको दाबी पनि गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्री अर्यालले पछिल्लो समयमा कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरे । उनले तत्काल नै रासायनिक मललाई विस्थापित गर्न नसकिने भएकाले प्राङ्गारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया