बिहीबार, मंसिर १५, २०७९

दार्चलामा करेन्ट लागेर एक जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ चैत ९ गते ११:३५

दार्चुला । करेन्ट लागेर दार्चुलामा एकजनाको मृत्यु भएको छ । जिल्लाको दुहूँ गाउँपालिका ३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए। उनका अनुसार आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उनको ज्यान गएको हो ।

घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए। घट्नाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया