शनिबार, मंसिर २४, २०७९

उदयपुरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ चैत ९ गते ८:५९

उदयपुर।उदयपुरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । कटारी नगरपालिका–१० पाल्सिङ बरालथुम्कामा घर आगलागी हुँदा ३ वर्षीय बालक अर्बिन्द्र थापाको जलेर मृत्यु भएको हो ।

परालको कुनिउबाट अचानक आगो सल्किदा नजिकैको तीन घर जलेर नष्ट भएसंगै बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सुजन थापाको ढुंगामाटोले बनेको फुसको छानो भएको दुईतले घर र घरमा रहेका सबै सामाग्री जलेर करिव ३० लाखको क्षति भएको छ ।

त्यस्तै प्रकाश थापाको घरमा २८ लाख र मेघबहादुर थापाको घर जल्दा २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया