बिहीबार, चैत ९, २०७९

ओली २० औं वर्षदेखि विदेशीबाट पोषित छन्- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ चैत ८ गते १७:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको इशारामा चलिरहेको आरोप लगाएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय जातिभेद विरुद्धको दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न प्रधानमन्त्री ओली विदेशीको योजनामा चलिरहेको आरोप लगाएका हुन् ।

उनले संविधानमा दलित, महिला, मधेसी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको समेत दाबी गरे । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले भने – ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरु देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । विचार गर्नुहोला, ति सबै मिलेर एउटा धार बनेको छ । र ति सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग , जाति, क्षेत्र, लिङ्ग,समुदायलाई उनीहरुको हक अधिकारलाई सिध्याउन सक्ने पहाडिया उच्च जातिय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडी राम्रै लम्पसार पर्न पनि सक्ने सजिलै ।’

अध्यक्ष प्रचण्डले भओलीलाई विसौ वर्षदेखि विदेशीले हुर्काएको बताएका छन् । उनले भने–‘बीसौँ, पच्चीसौँ वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित पोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो भनेका छन् । र अहिले केपी ओलीलाई प्रतिनिधिको रुपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरंकुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रको रुपमा केपीजीलाई साथ लिएका छन् उनीहरुले । कतिदिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहिँ लिएकै छन् ।’

 

तपाइँको प्रतिक्रिया