सोमबार, चैत १३, २०७९

नयाँ सरकार गठनका लागि ओलीले राजिनामा दिनुपर्छ: नेता सिंह

फ्ल्यासन्युज नेपाल२०७७ चैत ८ गते १७:११

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन् ।

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र नेकपा( माओवादी केन्द्र) परित्याग गरी आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजिनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिक मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने उनले बताए ।

नेता सिंहले कम्युनिष्ट सरकारले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताउँदै देशलाई थप राजनीतिक अस्थिरताबाट बचाउन सबै दलहरु मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तपाइँको प्रतिक्रिया