बुधबार, चैत ८, २०७९

ओलीको स्पष्टीकरण सोध्ने निर्णय नै अवैध: रावल

फ्ल्यासन्युज नेपाल२०७७ चैत ८ गते १७:०७

काठमाडौ ।नेकपा cका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्नु अवैध भएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रावलले उक्त निर्णय ओलीको ‘निरंकुश, स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको उल्लेख गरेका छन् । त्यस्तो निर्णयलाई उनले अस्वीकार गर्ने जनाएका छन् । प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षड्यन्त्र गर्ने केपी ओलीले अवैध कमिटीको कथित बैठकबाट नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद भएको उनको भनाइ छ ।

नेकपा ओलीको स्पष्टीकरण सोध्ने निर्णय नै अवैध  भएकाे भन्दै रावलले विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप गरेको भन्दै उनले यसबारेमा ओलीले स्पष्टीकरण दिनुपर्ने जिकिर गरेका छन् ।

त्यस्तै नेता घनश्याम भुसालले आफूलाई स्पष्टीकरण सोधिएकोबारे कुनै औपचारिक जानकारी नपाएको बताएका छन् । नेता भुसालले आफूलाई त्यसबारे कुनै जानकारी नआएको बताउँदै त्यो अध्यक्ष केपी शर्मा ओलीको योग्यताभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन् । उनले यस्ता कारबाहीका कुराहरु अझै आउने बताए । प्रधानमन्त्री ओली देश र पार्टी दुवैतिर कहीँकतै प्रणाली बाँकी रहेको भए त्यसलाई भत्काउन उद्दत रहेको आरोप समेत उनले लगाए ।।

तपाइँको प्रतिक्रिया