आइतबार, चैत १२, २०७९

ओलीले खड्क प्रहार गरे – नेता भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ चैत ८ गते ११:०६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाइरहेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले ओलीले हिटलर शैलीमा सत्ता चलाइरहेको आरोप समेत लगाएका हुन् ।

हिटलरको प्रसंग जोड्दै डा.भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनॅ । किनकि म यहुदी थिइन्,अन्त्यमा उनीहरू मविरुद्ध आइलागे । कोही पनि बोलेन । किनकि कोही पनि बाँकी थिएन’ । नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ, जसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होशियार !’

शनिबारको एमाले संसदीय दल र केन्द्रीय समिति बैठकले विधान संशोधन गरेर प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको छ। नेकपा ९एमाले०ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पनि पार्टी अध्यक्षलाई नै दिएको छ। सोही विषयप्रति टिप्पणी गर्दै डा।भट्टराईले ओली प्रवृत्तिविरुद्ध बोल्न डराउन नहुने पनि बताएका छन्।

तपाइँको प्रतिक्रिया