बुधबार, जेठ २४, २०८०

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ चैत ८ गते ८:५५

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणमा परि मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबार बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान मृत्यु भएको जनाएको छ । उनी सोही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी थिइन् । यस्तै हात्तीले त्यस ठाउँका तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

तपाइँको प्रतिक्रिया