सोमबार, चैत १३, २०७९

ट्रक दुर्घटनामा परि मनाङमा एकै परिवारका तीन जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ चैत ७ गते २०:२१

काठमाडौं । ट्रक दुर्घटनामा परि मनाङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो जिल्लाको नासों गाउँपालिका ४, खोत्रोमा भएको ट्रक दुर्घटनामा परि एकै परिवारका एक नाबलक सहित तीन जाको मृत्यु भएको हो ।

सिमेन्ट बोकेर बेंसीसहरबाट मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी ६ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्का जानकारी दिए । मृतक लिउन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्।

यस्तै दुर्घटनामा परी ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका अन्दाजी  ७ बर्षीय थिउन गुरुङ र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा घाइते भएका छन्।

तपाइँको प्रतिक्रिया