बिहीबार, जेठ १८, २०८०

एमालेमा गुटगत अस्तित्व स्वीकार्य छैन- ओली

फ्ल्यासन्युज नेपाल२०७७ चैत ७ गते १५:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा गुटगत अस्तित्व किमार्थ स्वीकार नगरिने बताएका छन् । शनिबार संसदीय दलको बैठकमा उनले कुनै पनि समूह वा गुटगत गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।

माधवकुमार नेपाल समूहका ३८ सांसदको हस्ताक्षर सहितको मागपत्र बुझ्दै ओलीले प्रधानमन्त्रीले संस्थागत रूपमा नेकपा (एमाले)को संसदीय दलबाहेक अर्को कुनै अस्तित्व नहुने बताएका हुन । ओलीका कुरा उल्लेख गर्दै एमालेका मुख्य सचेतक विशाल भट्टराईले भने, त्यो किमार्थ स्वीकार्य हुँदैन भने । व्यक्तिगत रूपमा कोही आउनुभएको छ भने त्यो कुरा सुनिन्छ, गुटगत रूपमा कोही आउँछ भने त्यो स्वीकार्य हुँदैन भनेर प्रस्टसँग भने ।

ओलीले सबैलाई एकताबद्ध बनाएर एमाले पार्टीलाई अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिएको सांसद विद्या भट्टराईले बताइन् । वामदेव गौतमले पार्टी एकता प्रक्रियामा आगामी दिनमा पनि लाग्ने बताएका थिए । ुगौतमले म अहिले पनि स्वतन्त्र छु, आफ्ना कुरा राख्छु भन्ने धारणा राखेका थिए । पार्टी एकता प्रक्रियामा निरन्तर अगाडि बख्छु भनेका छन् ।

तपाइँको प्रतिक्रिया