बुधबार, मंसिर १३, २०८०

एमाले संसदीय बैठकमा बामदेव पनि सहभागि

फ्ल्यासन्युज नेपाल२०७७ चैत ७ गते १२:४४

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्।

गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछि कुनै बैठकमा सहभागी नभएका गौतम आज पहिलोपटक केपी ओली पक्षले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्।

तर, बैठकमा माधव कुमार नेपाल पक्षीय सांसद्हरु सहभागी छैनन्। संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेको भन्दै नेपाल पक्षले ओली पक्षले बोलाएका बैठकहरु बहिष्कार गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया