फाँसीको व्यवस्थासम्म भएको कानुन बनाउने हैसियतले अगाडि आउनु पर्छ- मनोज नेवा खड्गी
नेपाल बहुजाति बहुभाषिक र विविधताले भरिपूर्ण मुलुकको रुपमा चिनिन्छ । विभिन्न जातजातीबीचको भातृत्व, सदाचार र सद्भाव सहित यहाँका समूदाय एक आपसमा मिलेर बसेका छन् । मुलुकमा थुप्रै शासन व्यवस्था बदलिए । तर अवस्था बदलिएन । जस्तो सुकै आन्दोलन गर्नुपरे पनि जनताहरु ढाल जस्तै आन्दोलनमा हुमिए । इतिहास देखि हालसम्मका कयौं आन्दोलनमा नेता भन्दा बढि जनताहरुले सहादत प्राप्त गरेका छन् । देशमा हुने ठूलठूला आन्दोलन देखि राजधानी काठमाडौंमा हुने मुख्य आन्दोलनको अगुवाईमा यहाँका नेवार समूदायको पनि महत्वपूर्ण देन रहेको छ । आदीवासी भनेर चिनेन नेवार सम्प्रदाय भित्र पनि खड्की समाजको छुट्टै इतिहास र गौरव छ । विभिन्न गुठी संस्था समेत रहेको उक्त समाजको आफ्नै किसिमको रहनसहन रहेको छ । नेपालको हरेक राजनीति परिवर्तनमा आन्दोलनको क्रममा मुख्य भूमिकामा रहने उक्त जाती पछिल्लो समय सरकारका काम कर्तव्यसँग सन्तुष्ट छैन । नेताको कार्यशैली प्रति निकै उदासिन रहेको खड्गी समाजका संरक्षक राजनीतिज्ञ समाजसेवी एवम् व्यवसायिकको पहिचान बनाउन सफल मनोज नेवा खड्गीसँग फ्ल्यास न्यूजले गरेको कुराकानी
तपाईलाई यो देशको राज्यसत्ता सञ्चालन कसले र कसरी गर्नुपर्छ भन्ने लागेको छ ?
नेपालमा विद्यमान पार्टीहरुले यो देशलाई बचाउला, देशलाई राम्रो मार्गमा लैजाला भन्ने आसै नगरौं । किनभने,हिजोदेखि नै यिनीहरु विदेशीद्वारा सञ्चालित भन्ने जगजाहेर नै छ ।यीनिहरु आफ्नो खर्च चलाउनका लागि पनि भारतीय राजदूतावास, अमेरिकी दूतावास लगायत अन्य विभिन्न दूताबासबाट सहयोग लिइरहेका छन भन्ने हामीसबैलाई थाहा भएकै कुरा हो । उनीहरु कति प्रतिशत राष्टप्रति समप्रित भएर काम गर्लान भन्ने के आसा गरौ त ?
संवैधानिक निकायले गर्ने काममा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नेता र नेतृत्वसँग जोडिएका पार्टीका क्याडरहरु नै विभिन्न निकायमा नियुक्त भएर बसेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि लिएर अन्य सवैंधानिक निकायमा यिनीहरुकै क्याडरहरुको बोलबाला छ । जस्तो कि न्यायालयमा मान्छे नियुक्त हुने वित्तिकै न्यायालय छोडेर पार्टीलाई धन्यवाद ज्ञापन गर्न जाने न्यायाधिशहरु भइसकेपछि तीनिहरुबाट कसरी सत्यतथ्य न्यायनिसाफ हुन्छ भनेर कसरी विश्वास गर्नु ? अख्तियारमा पार्टीकै मान्छे नियुक्त भएपछि उनीहरुले कसरी निश्पक्ष छानवीन गर्छन त ? भ्रष्टाचार गर्ने पार्टीका मान्छेहरु त उन्मुक्ति पाइहाल्छन् नि ।
यस बीचमा नेवार समूदायको के भूमिका रह्यो त ?
नेपालको इतिहास देखि हेर्न सक्नुहुन्छ । नेवार समुदाय बिना कुनै संर्घष एवम् आन्दोलन सफल भएको कतै देख्नु भएको छ ? यहाँ जति पनि मान्छेहरु देश सञ्चालन गर्ने नाममा राज्यको अरर्वाैं सम्पति अपचलन गरेर आफ््््नो नाममा बनाएर मालिक भएका छन् । यीनिहरुलाई कार्बाहीगर्नका निम्ति पनि नेवार अगाडी आउनुपर्छ । त्यति सजिलो छैन । यो धेरै गाह्रो काम छ । यस सन्दर्भमा नयाँ पार्टी खडा गरेर अगाडी जानको पनि विकल्प छैन् । अब फेरी अर्काे नराम्रो के छ भने गणतन्त्रको नाममा सबैलाई उल्लु बनाउने पार्टीहरु खडा भए । राजतन्त्रको नाममा एउटा व्यक्तिलाई मुर्ती बनाएर जयजयकार गरेर हिड्ने व्यक्तिहरु पनि छन । म उनीहरुलाई आफैले आफैमा विश्वास नभएका मान्छेहरु भन्छु ।
पार्टीको मात्रै आलोचना गरेर समृद्ध मुलुक बन्छ त ?
म यो देशका लागि केही योगदान गर्छु । म यो देशको नेतृत्व लिन्छु । मैले नै राज्यसत्ता लिन्छु । म राम्रो सँग यो मुलुक चलाउँछु भन्ने विश्वास छैन् । उनीहरु त्यो मरिसकेको राजतन्त्रलाई बुत्याएर,पाउमा लम्पसार परेर, राजालाई विष्णु भगवनाको अवतार मानेर अनि जय जयकार गरेर दास बन्ने मनस्थीतिका पनि केही पार्टीहरु छन् । त्यस कारण उग्रवाद तर्फको अग्रगामी कुराहरु गणतन्त्रको नाममा लागेका पार्टीको पनि काम छैन ।
प्रजातन्त्र पनि मन नपर्ने गणतन्त्र पनि मन नपर्ने भनेपछि कस्तो तन्त्र खोज्नु भएको हो ?
यो परम्परागत सोच भएका, राजसंस्थाको पनि काम छैन । प्रतान्त्रिक त प्रजान्त्रीक नै हुनुपर्छ । यो देशमा ठूलो किसिमको उथल पुथल हुने स्थितीमा निर्णय गर्नुपर्दा जनमतमा जानु पर्छ भन्ने हाम्रो दृष्टिकोण हो । जस्तो यहाँ हिन्दु राष्ट राख्ने कि नराख्ने विषयमा विवाद भयो । जनमत बिना नै पार्टीहरुले संविधान सभाको चुनावमा आइसकेपछि राजतन्त्र पनि हटायो । हिन्दु राष्ट पनि हटायो ।
के तपाई हिन्दु राष्टको पक्षधर हो ?
म हिन्दु राष्टको पक्षधर होइन । म राजसंस्थाको पक्षधर पनि हैन भन्ने कुराको स्पष्ट गर्न चाहान्छु । तर जनताको अभिमत लिएर हटाउँदा यो ठिक हुन्छ कि भन्ने कुरा मलाई लाग्छ । यस्ता विषयवस्तुहरु चाहिँ राष्टलाई कता तिर डोर्याउने हो । विवाद भइरहेन जहिल्य पनि अस्थिरताको कुरा भइराख्ने त्यस्ता विषयमा जनमत गरिनुपर्छ । अर्काे कुरा पार्टीका क्याडर भर्ना गर्ने कुराहरुमा गलत काम हुन्छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग चाहिँ स्वतन्त्र ढंगले अघि बढ्नुपर्छ भन्ने मान्यता हो । भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि कार्बाहीगर्न सक्ने हैसियतमा मान्छेहरु राखेर चलाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
तपाईको नजरमा स्वतन्त्र न्यायालय पनि भ्रष्ट हो त ?
न्यायालय स्वतन्त्र छ भन्ने कुरा पनि गफै हो । न्यायालय स्वतन्त्र छैन । त्यहाँ बसेका पदाधीकारीहरु प्रधानन्यायाधीश देखि लिएर न्यायाधीशहरु समेत पार्टीकै क्याडर छन । उनीहरु आफ्नो भागवन्डा खोज्छन् भन्ने थाहा छ । प्रधानन्यायाधीश भएर पार्टी प्रति वफादार भएर काम गर्नेहरुले साँचो न्याय कसरी सम्पादन गर्न सक्छ ? तर पनि विडम्बना उनीहरुलाई नै न्यायमूर्ती मानेर काम गर्नुपर्ने स्थित छ । त्यस कारण यो देशमा ठूलै किसिमको परिवर्तन आउन आवश्यक छ ।
तपाईले देख्नु भएको मुलुक चाहिँ कस्तो बन्नुपर्छ भन्ने हो ?
यो राज्य सत्ता सञ्चालन गर्नेहरुका गफले जनताहरु पिल्सिएका छन् । विकासमा अवरोध भएको छ । त्यसका कारण युवाहरुले सत्य तथ्य बुझेर भ्रष्टाचारीलाई फाँसीको व्यवस्था सम्म भएको कानुन बनाउने हैसियतले अगाडि आउनु पर्यो । नेतृत्व खडा गरेर त्यसका लागि पार्टी खडा गरेर अघि आउनु पर्छ जस्तो लागेको छ ।
हेर्नुहाेस् भिडियाे