सरकारका मुख्य कानूनी सल्लाहकार खरेलद्वारा राजीनामा
फ्ल्यासन्युज नेपाल२०७७ चैत ६ गते १३:५३
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन ।राजीनामाको औपचारिक जानकारी दिन खरेलले महान्यायाधिवक्ताको कार्यालय रामशाहपथमा केहीबेरमा पत्रकार सम्मेलन गरेका छन् ।
सरकारका मुख्य कानूनी सल्लाहकारका रूपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेका थिए ।
खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेको भए पनि नेकपा खारेजी र एमाले ब्युँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिएका थिएनन् ।
खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । २०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानूनमन्त्री भएका थिए।