मंगलबार, मंसिर २०, २०७९

नेकपाको अन्तरध्वंसले समाजवादी शक्ति निमार्णको नयाँ आधार बन्न सक्छ- भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ चैत ६ गते ९:३६
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपाको अनतरद्धन्द्धले आफूहरुलाई फाइदा पुग्ने जनाएका छन् । डा. भट्टराईले शुक्रबार बिहान उनले ट्‌वीट मार्फत उक्त कुरा उल्लेख गरेका छन् । उनले फुटेका टुक्रालाई टेपले टाँसेर पुरानै बनाउनु भन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्‍ने होकि भन्दै प्रश्‍न गरेका छन् । पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्‍न । मार्क्सेली दर्शनले भन्छ भट्टराईले ट्‌वीट गरेका छन्, नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्‍न सक्छ । अत: फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्‍ने हो कि ? भन्दै भट्टराईले प्रश्न गरेका छन् ।

तपाइँको प्रतिक्रिया