बुधबार, चैत ८, २०७९

एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन

फ्ल्यासन्युज नेपाल२०७७ चैत ५ गते १४:०९

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले ) संसदीय दलको बैठक सम्पन्न भएको छ । एमाले संसदीय दलको बैठकले विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न उक्त बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधान अनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

त्यस्तै सांसदहरुलाई गुटगतभेलामा नजान सचेत गराउने, पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने,संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । साथै सत्ताइस सदस्यीय संसदीय दलको बोर्ड गठन समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया