सोमबार, चैत १३, २०७९

नेकपा एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह सहभागी नहुने

फ्ल्यासन्युज नेपाल२०७७ चैत ५ गते ९:५०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको उनले बताए । भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । तर नेकपाको नेपाल खनाल पक्षले भने संसदीय दलको बैठकमा नजाने बताएको छ ।

व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल–खनाल पक्षले जनाएको छ । नेपाल–खनाल पक्ष राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त छ ।

नेपाल–खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ, तर संसदीय दलका नेता केपी शर्मा ओलीले बिहान ११ बजेका लागि दलको बैठक बोलाएका छन् ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अरु दिन बैठक बोलाए जाने बताए । तर नेपालखनाल पक्षले बालुवाटारमा बोलाउने बैठकमा नजाने बताउँदै आएको छ ।

तपाइँको प्रतिक्रिया