ओली बोलाए एमाले संसदीय दलको बैठक
फ्ल्यासन्युज नेपाल२०७७ चैत ४ गते १६:४३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने दलको बैठकका एजेन्डाबारे भट्टराईले भने, समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।
एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।