शनिबार, मंसिर २४, २०७९

ओली समूहद्वारा कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन फिर्ता लिने घोषणा

फ्ल्यासन्युज नेपाल२०७७ चैत ४ गते १५:००

काठमाडौं । नेकपा एमाले ओली समुहले कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकार रहेको छ। त्यतिबेला सत्ता गठबन्धनमा एमालेले उनलाई साथ दिएको थियो। माओवादी र एमाले पार्टी एकीकरण भएपछि शाही नेकपाको बहुमतप्राप्त मुख्यमन्त्री थिए।

सर्वोच्च अदालतले नेकपा नाम बदर गर्दै पार्टी एकीकरण सामेत खारेज गरी एमाले र माओवादी ब्युँताएपछि केपी ओली पक्षले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

तपाइँको प्रतिक्रिया