मंगलबार, असोज ११, २०७९

कञ्चनपुरमा गाडीको टायर पट्किएर एक जनाको मृत्यु, ६ घाइते

फ्ल्यासन्युज नेपाल२०७७ चैत ४ गते ११:४५

काठमाडौं । कञ्चनपुरमा टायर पट्किएर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर टायर पट्कीएर दुर्घटना भएको थियो।

मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ। घाइतेहरुकाे धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

तपाइँको प्रतिक्रिया