सोमबार, चैत १३, २०७९

कांग्रेस नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ चैत ४ गते ८:०१

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ । मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत जोशीको निधन भएको हल्ला फिजाई रहेको बेला उनको परिवारले भने भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएका छन् ।

अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उनको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताए । राजुराज जोशीले भने–‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत हो । उनको अहिले पनि भेन्टिलेरटमा नै राखेर उपचार भइरहेको छ ।’

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था भने जटिल छ । उनका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताए । जोशीको मस्तिष्क समस्या भएको, प्रेसर लो भएको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा.राजीव झाले बताएका छन् ।

तपाइँको प्रतिक्रिया