तीन पूर्व प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीद्वारा बोलाएको सर्वदलिय बैठक बहिस्कार
फ्ल्यासन्युज नेपाल२०७७ चैत ३ गते १७:११
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा सर्वदलिय बैठक बसिरहेको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्व प्रधानमन्त्रीलाई बोलाइएको थियो ।
बैठक राष्ट्रपति भवन शीतल निवासमा जारी बैठकमा तीन जना पूर्व प्रधानमन्त्रीले भने बहिष्कार गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई बैठकमा अनुपस्थित हुनु भएको हो ।
खनाल–नेपाल समूहले बैठक अघि नै आफु सहभागी नहुने घोषणा गरेको थियो । भट्टराई अनुपस्थित भए पनि उहाँको पार्टी जनता समाजवादीका प्रतिनिधि भने बैठकमा सहभागी भएका छन् ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेका बेला राष्ट्रपतिले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।