बुधबार, मंसिर १३, २०८०

प्रतिनिधि सभाको बैठक चैत ६ गते सम्मका लागि स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३ गते १३:५७

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो । त्यस्तै जनता समाजवादीका सांसद सरिता गिरी पदमुक्त भएको सदनलाई जानकारी गराइएको छ।

। शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए । प्रतिनिधि सभको अर्काे बैठक चैत ६ गते बस्ने  गरि स्थगित गरिएकाे छ ।

तपाइँको प्रतिक्रिया