बुधबार, चैत ८, २०७९

सत्यसँग लड्दैनौँ तर बेठीक गर्नेहरूसँग झुक्दैनौँ- प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३ गते १३:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र गलत कुरासँग नझुक्ने बताएका छन् । नेपाल समूह तर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको बताउँदै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराएका छन् ।

मंगलबार सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयमता अपनाउन आग्रह गरेका छन् । उनले भने,‘कहिले जङ्गली राज चलाउन खोज्दैछन् अनि विधि पद्धतिका कुरा गर्दैछन् तर हामी सत्यसँग लड्दैनौँ तर बेठीक गर्नेहरूसँग झुक्दैनौँ ।’

अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’

तपाइँको प्रतिक्रिया