बिहीबार, मंसिर १४, २०८०

सभापतिमा उदासिनता देखियो- पौडेल

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३ गते १२:२१

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवा प्रति रोष प्रकट गरेका छन् । उनले केपी ओली नेतृत्वको सरकारलाई ढलाउनका लागि सभापति देउवालाई अनुरोध गरेको भए पनि देउवा उदासिन भएको आरोप लगाएका छन् ।

मंगलबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले भने,‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता भन्ने कि के भन्ने रहस्यमय लागिरहेको छ।’

उनले भने, हाम्रो पार्टीलाई पनि अनिर्णयको बन्दीजस्तो भन्ने आरोप लाग्न थालिसकेको छ। म त सुरूदेखि नै संसदमा कांग्रेसको सानो संख्या भए पनि राजनीतिमा विशिष्ट भूमिका छ भन्दै आएको छु,’। प्रदेश १ र बागमतीमा अविश्वास प्रस्ताव आयो त्यहीबेलादेखि सरकार गिराइदिऔं भन्दा पनि देउवाले आनाकानी गरेको नेता पौडेलले आरोप लगाए ।

तपाइँको प्रतिक्रिया