बिहीबार, मंसिर १४, २०८०

देशका केही भेगमा मौसम बदली हुने

फ्ल्यासन्युज नेपाल२०७७ चैत २ गते ९:२१

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने बताएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार आज देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा मौसम बदली रहनेछ । महाशाखाले जारी गरेको सूचनामा आज दिउँसो पनि समग्रमा मौसमको अवस्था सामान्यदेखि बदली रहने उल्लेख गरिएको छ।

तर, पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको बताइएको छ । यस्तै आज राति भने कर्णाली, गण्डकी र प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा त्यस्तै किसिमको वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। तर पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया