आइतबार, चैत १२, २०७९

सिराहा मालपोत कार्यालयमा बम विस्फोट, ६ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ चैत १ गते १४:००

सिरहा । सिरहाको लहानस्थित रहेको मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ । लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी शर्माले जानकारी दिएका छन् ।

घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर घाइतेको उद्धार गरेको छ ।

तपाइँको प्रतिक्रिया