मंगलबार, मंसिर २०, २०७९

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ चैत १ गते १२:०६

बुटवल । रुपन्देहीको मर्चवारबाट हतियारसहित ३ युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकसहित उनीहरूलाई जिल्लाको मर्चवारी-७ कन्चनापुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई ७ बेतकुइयाका २४ वर्षीय कनै सुरज हरिजन सोही ठाउँका ३२ वर्षीय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका २६ वर्षीय सकिल मुसलमानरहेका छन् । जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो । पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया