बुधबार, मंसिर १३, २०८०

फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-० ले विजयी

फ्ल्यासन्युज नेपाल२०७७ चैत १ गते ८:०३

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० ले पराजित गरेको हो ।

फुलहमको मैदानमा भएको खेलमा सिटीका लागि जोन स्टोन्सले ४७ औँ, गाब्रियल जिससले ५६ औँ र सर्जियो अग्युरोले ६० औँ मिनेटमा गोल गरेका हुन् ।

अग्युरोले सन् २०२० को जनवरीपछि पहिलो पटक इंग्लिस प्रिमियर लिगमा गोल गरेका हुन् । पेनाल्टीको अवसरलाई उनले गोलमा परिणत गरे ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी १७ बनाएको छ । सिटीको ३० खेलबाट ७१ अंक भएको छ भने दुई खेल कम खेलेको युनाइटेडको ५४ अंक छ ।

लिग अन्तर्गत शनिबार राति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई १–० तथा बर्नलीले एभर्टनलाई २–१ ले पराजित गरेका छन् । चेल्सी र लीड्स युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

तपाइँको प्रतिक्रिया