शुक्रबार, असोज २१, २०७९

बाबुले दिए आफ्नै नवजात शिशुलाई कलेजो

फ्ल्यासन्युज नेपाल२०७७ चैत १ गते ७:४६

काठमाडौं । आमा बाबुलाई सन्तानहरु प्रतिको माया स्नेह र प्रेम साँच्चिकै मुटु बराबर नै हुने गर्दछ । कतिपय अभिभावकले आफ्ना सन्तानका लागि आफ्नै शरिरका अंग दान गर्ने कुरा अच्चम र अपत्यारिलो लाग्न सक्छ । तर त्यस्तै एक उदाहरणको रुपमा एक बाबुले आफ्नै ११ महिने नबजात शिशुलाई कलेजो दान दिएर बचाएका छन् ।

काभ्रे घर भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएका हुन्।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका छोरालाई कलेजो दान दिएर छोराको ज्यान बचाएका हुन् । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीका अनुसार,छोराको उपचार गर्नका लागि उहाँहरू विदेशमा उपचार गर्न जानु पर्‍यो भनेर प्रधानमन्त्रीकहाँ सहयोग माग्न जानुभएको रैछ,। प्रधानमन्त्रीज्यू त्यसको उपचार नेपालमै हुन्छ। टिचिङ अस्पतालमा जानुस् भनेपछि हाम्रो सम्पर्कमा आउनु भएको हो।

अहिले बाबु र छोराकै स्वास्थ्य सामान्य रहेको डाक्टर भण्डारीले बताए । नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ।

तपाइँको प्रतिक्रिया