शनिबार, मंसिर २४, २०७९

ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डा माथि छलफल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २९ गते १४:२२

काठमाडौं । भावी सत्ता समीकरणका विषयमा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) सँग नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनाउन प्रस्ताव गरेको छ ।

नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा माओवादीले कांग्रेससहितको गठबन्धनको प्रस्ताव राखेको हो ।

जसपाले राखेको मुद्दा सम्बोधनबारे कांग्रेससँग छलफल गरेर ठोस निश्कर्ष दिइने केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । ओली सरकार ढाल्नका लागि जसपा र कांग्रेससँग मिल्न आफुहरु तयार रहेको पनि श्रेष्ठले बताए ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका नेताहरुले आफुहरुको मुद्दा सम्बोधनका लागि ठोस जवाफ दिन नसकेको बताए । छलफल सकारात्मक भए पनि निश्कर्षमा पुगिनसकेको ठाकुरले जानकारी दिए ।

जसपाले सांसद रेशम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, आफ्ना नेता कार्यकर्तालाई लगाइएको विभिन्न मुद्दा फिर्ता र संविधान संशोधन हुनुपर्ने माग शर्त राख्दै आएको छ ।

तपाइँको प्रतिक्रिया