बिहीबार, जेठ १८, २०८०

रेशम चौधरीको रिहाइको शर्तमा ओलीलाई समर्थन गर्न सकिन्नः अध्यक्ष डा. भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २९ गते १२:२०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् ।

जसपाको महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी चरणवद्ध छलफलमा रहेको अवस्थामा नेता भट्टराईको यस्तो धारणा आएको हो।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल भइरहेको अवस्थामा रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने भन्ने प्रश्न पनि ट्वीट गर्दै भट्टराईले गर्नु भएको छ ।

तपाइँको प्रतिक्रिया