सोमबार, असोज १०, २०७९

सत्तासमिकरण बारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाँडा पुगे

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २९ गते ११:४५

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु सत्ता समिकरणबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेका छन् । जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई व्युत्याइदिएसँगै करिव दुइ तिहाईको सरकार अल्पमत रहेको छ । माओवादी केन्द्रले सरकारमा रहका आफ्ना मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

तपाइँको प्रतिक्रिया