शुक्रबार, असोज १४, २०७९

एमालेमा नेपाल समूहलाई ठूलो झट्का- नेपाल पक्षका प्रदेश इन्चार्जको पद खारेज

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २८ गते १७:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बोल्ड निर्णय गरेको छ ।नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ।

खास गरि माधव नेपाल समूहका जिम्मेवार निकायका पदाधीकारीलाई हटाउने निर्णय गरिएको छ । त्यस्तै शुक्रबार नेकपाका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएइएको छ । त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

तपाइँको प्रतिक्रिया