सुन तोलामा ६ सय रुपैयाँले घट्यो
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २८ गते १३:३५
काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। हिजो ६ सय रुपैयाँले बढेको सुनको मुल्य आज पुनः ६ सयले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।
यो साता सुनको मुल्यमा दैनिक केही घटबढ भए पनि अघिल्लो साताको तुलनामा मुल्य स्थिर जस्तै देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।